पर्सा , १८ असोज –
पर्साको कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय नाथुनी कुशवाहाका छोरा डा. दिलीप कुशवाहा नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन्।
वीरगञ्जमा आयोजित कार्यक्रममा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा र कालिकामाई गाउँपालिका कमिटी अध्यक्ष अनुप तिवारीले उनलाई पार्टीमा स्वागत गरे।
कुशवाहाको एमाले प्रवेशसँगै आगामी स्थानीय तह निर्वाचनमा कालिकामाई गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने चर्चा चुलिएको छ। गाउँपालिका कमिटी अध्यक्ष तिवारीले कुशवाहालाई अध्यक्षको उम्मेदवार बनाउने बताए।
कार्यक्रममा सोनालाल चौरसिया, जितेन्द्र कलवार, पन्लालाल चौरसिया, असलम आलम र धुरी साह गोणलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।