Menu

बौधीमाई नगरपालिका–८, सरमुजवामा भव्य एवं शान्तिपूर्ण रूपमा सम्पन्न भयो छठ पर्व

aadarshvani |
November 15, 2026
Featured

 



रौतहट,

बौधीमाई नगरपालिका–८, सरमुजास्थित शंकर माध्यमिक विद्यालयसँग जोडिएको पोखरीको डिलमा यस वर्षको छठ पर्व भव्य, सभ्य तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।

छठ पर्वका अवसरमा सजाइएको आकर्षक छठ घाट, सरसफाइको उत्कृष्ट व्यवस्थापन तथा भक्तिमय वातावरणले सम्पूर्ण क्षेत्रलाई उल्लासमय बनाएको थियो। व्रतालु तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिताले पर्वको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्त्वलाई थप उजागर गरेको छ।

छठ घाटको आकर्षक व्यवस्थापन र पर्वलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण आयोजक समिति, स्थानीयवासी, युवा तथा सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ।

आगामी वर्षहरूमा पनि यस पर्वलाई अझ भव्य, व्यवस्थित र आकर्षक रूपमा मनाउँदै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3