Menu

विजयादशमीका दिन लापरवाही गर्ने १३९ मोटरसाइकल प्रहरी नियन्त्रणमा

aadarshvani |
October 22, 2026
Featured

रौतहट कार्तिक ५ - 

बडादसैँको विजयादशमीका दिन ट्राफिक नियम उल्लङ्घन गरी लापरवाहीपूर्वक सवारी चलाउने १३९ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चाडपर्वको बहानामा नियमविपरीत सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएपछि रौतहट प्रहरीले ती मोटरसाइकलहरूलाई नियन्त्रणमा लिएको हो।

​जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले विजयादशमीका अवसरमा जिल्लाका विभिन्न स्थानबाट सवारी जाँच (चेकिङ) का क्रममा तिनलाई नियन्त्रणमा लिएको जनाएको छ।

​जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी बसन्त गौतमका अनुसार नियन्त्रणमा लिइएका सबै मोटरसाइकल चालकहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

​चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप अत्यधिक हुने र तिनको लापरवाहीपूर्ण प्रयोगले ठूला दुर्घटना निम्त्याउन सक्ने भएकाले प्रहरीले सवारी चालकहरूलाई अनिवार्य रूपमा ट्राफिक नियमको पालना गर्न र सुरक्षित तवरले सवारी चलाउन विशेष आग्रह गरेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3