Menu

रौतहट दलित संघर्ष समितिको नयाँ कार्यसमिति गठन, विभिन्न पदाधिकारी चयन

aadarshvani |
October 19, 2026
Featured


रौतहट, नेपाल।
अगम कु. उपाध्याय (रिपोर्टर)

रौतहट दलित संघर्ष समितिमा नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा अवध नारायण राम चयन हुनुभएको छ भने उपाध्यक्षमा मटुक पासवान चयन हुनुभएको छ।

त्यसैगरी, समितिको सचिवमा विनोद माझी, सहसचिवमा शिवशंकर पासवान र उपेन्द्र दास चयन हुनुभएको छ।

नवगठित समितिलाई मार्गदर्शन तथा सल्लाह प्रदान गर्न राष्ट्रिय सभा सदस्य माननीय धर्मेन्द्र पासवान, सत्यनारायण महरा, सागर पासवान (रामप्रकाश), हृदयनारायण दास, दलित अधिकारकर्मी नरेन्द्र पासवान र कृष्णनन्दन रामलगायतका व्यक्तित्वहरू सल्लाहकारका रूपमा रहनुभएको छ।

समितिको नयाँ कार्यसमिति गठन भएसँगै दलित समुदायको हकहित संरक्षण, अधिकार सुनिश्चितता, सामाजिक न्याय, समानता र सम्मानका विषयमा थप सक्रिय भएर काम गर्ने अपेक्षा गरिएको छ। साथै, दलित समुदायले भोग्दै आएका समस्या तथा चुनौतीलाई सम्बन्धित निकायसम्म पुर्‍याउँदै समुदायको उत्थान, विकास र सशक्तीकरणका लागि समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

दलित समुदायको हक, अधिकार र सामाजिक न्यायका लागि एकताबद्ध भएर अघि बढ्न नवगठित कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सल्लाहकारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

— अगम कु. उपाध्याय (रिपोर्टर)

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3