Menu

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

News Feed |
October 17, 2026
Featured

पर्सा , असोज ३१ –

पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ। बालेन शाह नेतृत्वको सरकार गठनपछि श्रेष्ठ दोस्रो पटक पक्राउ परेका हुन्।

पक्राउ परेलगत्तै नेपाल प्रेससँग टेलिफोन सम्पर्कमा आएका श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाने जानकारी प्रहरीले दिएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको विषयमा समाचार प्रकाशित भएपछि श्रेष्ठविरुद्ध जाहेरी परेको बताइएको छ।

यद्यपि, श्रेष्ठलाई सोही जाहेरीका आधारमा पक्राउ गरिएको हो वा अन्य कुनै उजुरीका आधारमा भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3