Menu

फेटामा अस्पताल उद्घाटन विवादले झडप, प्रहरीको गोली लागेर बालक घाइते

aadarshvani |
October 31, 2026
Featured

 


बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर शनिबार दुई पक्षबीच झडप भएको छ।


शनिबार बिहान करिब १०ः३० बजे सुरु भएको विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीय बालक घाइते भएका छन्।


झडपका क्रममा केही प्रहरी तथा अन्य व्यक्तिहरूसमेत घाइते भएको बताइएको छ। घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले अस्पताल परिसरबाहिर टायर बालेर प्रदर्शन गरेका थिए भने करिब एक दर्जन मोटरसाइकलमा आगजनीसमेत गरेका छन्।


घटनापछि फेटा गाउँपालिका क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्था नियन्त्रणमा लिन आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ।


अस्पताल उद्घाटनजस्तो सार्वजनिक सरोकारको विषयलाई लिएर भएको विवाद हिंसात्मक झडपमा परिणत हुनु दुःखद् घटना हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग उठेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3