Menu

रौतहटको बरहवा तालमा हाम फालेका अजयको शव भेटियो

aadarshvani |
October 07, 2026
Featured

​रौतहट २१ असोज ।

रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ४०/४५ वर्षका अजय कुमार केशरी बुधबार बिहान तालमा हाम फालेर बेपत्ता भएका थिए।

​स्थानीयका अनुसार सुखारी साह केशरीका छोरा अजय दुई दिनअघि मात्रै सुधार केन्द्रबाट घर फर्किएका थिए। उनी दैनिक मापसे (मादक पदार्थ) सेवन गर्ने गर्थे। बुधबार बिहान करिब ७:४५ बजेको समयमा उनी बरहवा पुलबाट तालमा हाम फालेका थिए।

​घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त गौतमको कमाण्डमा ३० जना, श्री नारायण दल गण पुरेनवाबाट सेनानी कञ्चन थापाको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरबाट प्र.ना.उ. दुर्गाप्रसाद भट्टको कमाण्डमा १६ जना गरी ६१ जनाको संयुक्त सुरक्षा टोली खोजी कार्यमा खटिएको थियो।

​जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पूर्वमा रहेको सो तालमा खोजी गर्ने क्रममा बिहान ९:४५ बजे अजयको शव फेला परेको हो।

​उक्त शवलाई पोस्टमार्टमका लागि बिहान १०:०० बजे प्रादेशिक अस्पताल गौर पुर्‍याइएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको डिएसपी बसन्त गौतमले जानकारी दिएका छन्।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

स्थानीय-खबर $type=triple-post$count=9

समाज $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3