Menu

गौरमा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

aadarshvani |
October 06, 2026
Featured

​गौर, रौतहट- गौर नगरपालिकामा स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

​गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका गरी जम्मा ४५ जना सहभागीहरूलाई विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको हो।

​कार्यक्रममा गौर नगरपालिकाका शिक्षा शाखा संयोजक/प्रमुख सुजन पौडेल, विपद् व्यवस्थापन शाखा प्रमुख रोशनी कुमारी श्रेष्ठ तथा सशस्त्र प्रहरी बल (सशस्त्र गुल्म गौर) का डीएसपी दुर्गा भट्टलगायतका अतिथि एवं विषयविज्ञहरूले प्रशिक्षण दिनुभएको थियो।

​सो अवसरमा बोल्दै नगर प्रमुख शम्भु साहले विपद् जुनसुकै समयमा पनि आउन सक्ने भएकाले पूर्वतयारी र समुदायस्तरको सचेतनाले सम्भावित क्षतिलाई निकै घटाउन सकिने बताउनुभयो। त्यसैगरी, सशस्त्र प्रहरीका डीएसपी दुर्गा भट्ट र विपद् व्यवस्थापन शाखा प्रमुख रोशनी श्रेष्ठले विपद्को समयमा गरिने उद्धार, राहत वितरण तथा खोज कार्यमा स्थानीय तह र सुरक्षा निकायको समन्वयको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।

​वडा नं. १ देखि ९ सम्मका  सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो समुदायस्तरमा विपद् जोखिम न्यूनीकरणका लागि सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन।

भिडियो हेर्नुहोस्



यो पढेर कस्तो महसूस भयो?

स्थानीय-खबर $type=triple-post$count=9

देश $type=triple-post$count=3

AD

AD

हेडलाइन्स $type=triple-post$count=3

हेडलाइन्स $type=triple-post$count=3

हेडलाइन्स $type=triple-post$count=3