काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको सोमबार बिदाइ गरिएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी उच्च लयमा रहेकाले लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै टोलीलाई शुभकामना दिए।
लिग–२ अन्तर्गत नेपालले ओमानमा घरेलु टोली र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज २५ गते क्यानडा, असोज २७ गते ओमान, असोज ३१ गते पुनः क्यानडा र कात्तिक २ गते ओमानसँग खेल्नेछ।

Comments
Post a Comment