वीरगंज २१ असोज –
वीरगंज–१२ ब्रह्मचोकस्थित ममता विद्या मन्दिर कलेजमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरबाट ७५ विद्यार्थी लाभान्वित भएका छन्।
लायन्स क्लब अफ वीरगञ्ज र लायन्स क्लब अफ लाइफलाइनको संयुक्त आयोजनामा तथा एभरेस्ट दन्त सेवा केन्द्र प्रालि वीरगञ्जको सहयोगमा शिविर सञ्चालन गरिएको हो।
दन्तरोग विशेषज्ञ डा. मनोज उपाध्याय, डा. चन्द्रकान्त पासवान र डा. पुष्कर तिवारीले विद्यार्थीहरूको दाँत परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श दिएका थिए।
लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष गोविन्दप्रसाद कानुको अध्यक्षता तथा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा पाण्डेले ‘हामी सेवा गर्छौं’ भन्ने लायन्सको मूल भावनाअनुसार विद्यार्थीमा दन्त स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। कलेजका अध्यक्ष शम्भुप्रसाद गुप्ताले विद्यार्थीलाई शिक्षासँगै स्वास्थ्य सचेतना र अतिरिक्त क्रियाकलापमा समेत जोड दिइँदै आएको बताए।
Comments
Post a Comment