Menu

गहवा माई मन्दिर परिसरमा ‘हमरा गहवा माईके’ भजन सार्वजनिक

News Feed |
October 07, 2026
Featured

वीरगंज, २१ असोज –

दसैँको अवसरमा गहवा माईप्रति समर्पित नयाँ धार्मिक भजन ‘हमरा गहवा माईके’ सार्वजनिक गरिएको छ। बुधबार वीरगंजस्थित गहवा माई मन्दिर परिसरमा आयोजित कार्यक्रममा भजन सार्वजनिक गरिएको हो।

तीर्थ विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), मन्दिरका पुजारीलगायतको उपस्थितिमा भजन सार्वजनिक गरिएको थियो।

भजनमा चन्दन पण्डितको स्वर, गौरव रोशनको संगीत र उमा लाल यादवको रचना रहेको छ। भिडियोमा अन्नु मेहता, चन्दन पण्डित, अनिशा सिंह र रजनिकान्त दुबेको अभिनय रहेको छ।

नितेश मेहता र राज सोनीले निर्माण गरेको भजनको निर्देशन देशीब्वाय नवीन नेपालीले गरेका छन्। छायांकन निखिल सन्तोष शाह, मेकअप मधु चौधरी र रेकर्डिङ अटुट म्युजिकले गरेको जनाइएको छ। डिजिटल व्यवस्थापन गोसाई मिडिया सोलुसन्सका वीरेन्द्र गिरीले गरेका छन्।

एनआर म्युजिक रेकर्डस्को प्रस्तुतिमा तयार भएको भजन निर्माणमा करिब १ लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। भिडियोको अधिकांश छायांकन गहवा माई मन्दिर परिसरमै गरिएको बताइएको छ।

दसैँको धार्मिक वातावरण र गहवा माईप्रतिको श्रद्धा तथा आस्थालाई समेटिएको भजन भक्तजन तथा दर्शक–श्रोतामाझ पुर्‍याउने उद्देश्यले सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

स्थानीय-खबर $type=triple-post$count=9

समाज $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3