Menu

गृहमन्त्री गुरुङ भारत प्रस्थान

News Feed |
October 12, 2026 0
Featured

पर्सा , असोज २६ –

गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ लागेका हुन्।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। मंगलबार नयाँदिल्लीमा हुने बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनेछन्। बैठकमा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ।

बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवाद, साइबर अपराध तथा विपद् व्यवस्थापनजस्ता अन्तरदेशीय सुरक्षा चुनौतीबारे छलफल हुनेछ। साथै, सुरक्षा सहकार्यसम्बन्धी दस्तावेज पारित गर्ने र घोषणापत्र जारी गर्ने तयारी छ।

नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा उद्धार र राहतमा क्षेत्रीय सहकार्य विस्तारलाई प्राथमिकता दिने जनाएको छ।

बैठकका क्रममा गृहमन्त्री गुरुङले सदस्य राष्ट्रका समकक्षीसँग द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ। उनी असोज २८ गते बुधबार स्वदेश फर्किने कार्यतालिका रहेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3