Menu

२१ किलो सुनसहित समातिएका तीन चिनियाँ सार्वजनिक

News Feed |
October 09, 2026 0
Featured

काठमाडौं । २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।

तीन जना चिनियाँ नागरिकसँगै उनीहरूको साथबाट बरामद भएका सामाग्रीसमेत प्रहरीले सार्वजनिक गरेको हो।

उनीहरूको साथबाट सुन पगाल्ने मेसिन, राहदानी, एटिएम कार्ड, परिचयपत्र, मोबाइललगायतका सामाग्रीसमेत बरामद भएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीवार बुढानीलकण्ठ क्षेत्रमा अपरेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका तीनै जना चिनियाँ नागरिक रहेको खुले पनि प्रहरीले उनीहरूको नाम तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरेको छैन।

बरामद सुन कहाँबाट ल्याइएको थियो, नेपालमा कसरी भित्रियो र यसको वास्तविक स्वामित्व कसको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। सुनको कारोवारमा अन्य व्यक्ति वा समूहको संलग्नता हुन सक्ने आशंकामा पक्राउ परेकाहरूसँग सोधपुछसमेत भइरहेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3