Menu

वडा नं. ५ ले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्‍यो

News Feed |
October 07, 2026
Featured

वीरगंज २१ असोज –

वीरगंज महानगरपालिका–५ ले वडा कार्यालयसम्म पुग्न नसक्ने वृद्धवृद्धा, अशक्त तथा अपांग  भएका नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ।

बायोमेट्रीक भेरिफिकेसन अनिवार्य रहेकाले सेवाग्राहीलाई सहज बनाउन वडा अध्यक्ष प्रदीप कुमार चौरसियाको नेतृत्वमा जनप्रतिनिधि, पञ्जीकरण शाखा र वडा कर्मचारीको टोली परिचालन गरिएको थियो।

टोलीले सेवाग्राहीको घरमै पुगेर आवश्यक विवरण संकलन गरी बायोमेट्रिक प्रमाणीकरणमार्फत नवीकरण प्रक्रिया पूरा गरेको जनाएको छ। घरमै सेवा पाएपछि वृद्धवृद्धा तथा अशक्त नागरिकले सहज भएको भन्दै खुसी व्यक्त गरेका छन्।

वडाका अनुसार यस अभियानको मुख्य उद्देश्य शारीरिक रूपमा कार्यालयसम्म पुग्न कठिन नागरिकलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि हुने झन्झट र आवतजावतको समस्या हटाउनु हो।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

स्थानीय-खबर $type=triple-post$count=9

समाज $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3