पर्सा , असोज २३
काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट प्रहरीले करिब २१ किलो सुनसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरूबाट झोल र ढिक्का अवस्थामा रहेको सुन बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवैले फ्ल्याट भाडामा लिएर केही समयदेखि अवैध सुनको कारोबार गर्दै आएका थिए।
उनीहरूले भेपमा झोल बनाएर सुन ल्याउने र त्यसलाई ढिक्का बनाउने गरेको खुलेको छ। प्रहरीले सुनलाई ढिक्का बनाउन प्रयोग गरिने मेसिनसमेत बरामद गरेको छ।
सुन भारततर्फ लैजान लागिएको सूचना पाएपछि प्रहरीले केही दिनदेखि उनीहरूमाथि निगरानी गरिरहेको थियो। सोही क्रममा बिहीबार सुन बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चिनियाँ नागरिकसँग दोभाषेको सहयोगमा सोधपुछ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई सहयोग गर्ने नेपाली नागरिकको खोजीसमेत भइरहेको छ।
Comments
Post a Comment