बारा ,असोज २५ –
बाराको पचरौता नगरपालिका–६ बाट प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पचरौता नगरपालिका–३, रामनगर टोलका ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका यादवलाई जाँच गर्ने क्रममा उनको साथबाट ५५ किलो गाँजा बरामद गरेको हो।
यादवलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Comments
Post a Comment