बारा , असोज २१ –
जिल्ला प्रहरी कार्यालय बाराले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ असोज २० गते बिहान १०ः४५ बजे निजगढ नगरपालिका–११ रतनपुरस्थित फुटबल ग्राउन्ड नजिकबाट इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले स्थानीय मोतिलाल रुम्बाको छोरा ३९ वर्षीय शम्भेर रुम्बालाई पक्राउ गरेको हो।
रुम्बाको साथबाट भरुवा बन्दुक थान–१, बन्दुकमा प्रयोग हुने पदार्थसहितको प्लास्टिकको डब्बा, बारुद बनाउन प्रयोग हुने सानो प्याकेट तथा बाँसको टुक्रामा राखिएको प्लास्टिकको डोरी र ट्युबले बनाइएको पासो (जाल) बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Comments
Post a Comment