Menu

प्रहरी दिवसको अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ

News Feed |
October 10, 2026 0
Featured

वीरगंज, असोज २४ –

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस तथा दसैँ पर्वलाई लक्षित गर्दै पर्साको बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ।

नेपाल प्रहरी र एलाइड युथ सोसाइटीको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गणको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

एलाइड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओमकुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरीया प्रहरीका प्रहरी निरीक्षक भानुभक्त अर्यालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र सोसाइटीका सदस्यहरूको सहभागिता थियो।

दसैँमा मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुको चाप बढ्ने भएकाले धार्मिक स्थललाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ गरिएको आयोजकले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3