Menu

नापीका सर्वेक्षक साहविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

News Feed |
October 07, 2026 0
Featured

काठमाडौँ, २१ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहविरुद्ध घूस लिएको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

नक्सा संशोधन गरिदिने कार्यमा सेवाग्राहीलाई दुःख दिई घूस मागेको सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले केही दिन पहिले साहलाई रु एक लाख घूससहित पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिम कैद तथा जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3