Menu

हरित औद्योगिक रूपान्तरणका लागि वीरगंज–सिमरामा १० दिने ऊर्जा तालिम सम्पन्न

News Feed |
October 10, 2026 0
Featured

राधेश्याम पटेल,सिमरा, २४ असोज – वीरगंग–सिमरा औद्योगिक करिडोरका उद्योगहरूलाई ऊर्जा दक्ष र वातावरणमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको १० दिने क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ।

नर्वे सरकारको सहयोगमा सञ्चालित ‘पावरिङ्ग नेपाल्स ग्रिन ईण्डस्ट्रियल फ्यूचर (पावर- जिआइएफ)’ परियोजना अन्तर्गत “Integrated Implementation of ISO 50001:2018, ISO 50005:2021, and ISO 14001:2026 for Industrial Energy and Environmental Management” शीर्षकमा तालिम आयोजना गरिएको थियो।

असोज १३ गतेदेखि सिमरामा सुरु भएको तालिममा करिडोरका १६ भन्दा बढी उद्योग तथा संस्थाका ३४ जना व्यवस्थापकीय र प्राविधिक जनशक्तिको सहभागिता थियो। नारायणी माइक्रो पाइप, जगदम्बा स्टील्स, हुलास स्टील, हिमालयन डिष्टिलरी, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टील, गणपति वनस्पति, बारा-पर्सा उद्योग संघ र वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका उद्योगका प्रतिनिधि सहभागी थिए।

तालिममा ISO का सिद्धान्त, ऊर्जा अडिट, ऊर्जा व्यवस्थापनका आधुनिक विधि र उपकरण, ऊर्जा खपतको अनुगमन र अपव्यय घटाउने उपायबारे प्रयोगात्मक प्रशिक्षण दिइएको थियो।

तालिमबाट उद्योगको लागत घट्ने अपेक्षा

समापन समारोहमा आम्विडियन्स ग्लोबल का प्रबन्ध निर्देशक डा. अनन्त शुक्लाले सिकेको ज्ञानलाई व्यवहारमा लागू गरेर उद्योगले ठोस उपलब्धि हासिल गर्नुपर्ने बताउनुभयो।

बारा-पर्सा उद्योग संघका कार्यकारी निर्देशक सुदीप राज न्यौपानेले तालिमको सिकाइलाई दैनिक कार्यमा उतार्नुपर्नेमा जोड दिनुभयो भने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले Power-GIF सँग भएको समझदारी अनुसार परियोजनालाई सफल बनाउन संघ प्रतिबद्ध रहेको बताउनुभयो।

ग्रामीण प्रविधि केन्द्र (CRT/N) की कार्यकारी निर्देशक डा. अञ्जु शर्माले ऊर्जा व्यवस्थापनले उद्योगको सञ्चालन लागत घटाएर प्रतिस्पर्धात्मक क्षमता बढाउने बताउनुभयो। उहाँले अहिले करिडोरका विभिन्न उद्योगमा ऊर्जा मूल्यांकन भइरहेको र पहिचान भएका सुधारका लागि वित्तीय संस्थासँग समेत समन्वय भइरहेको जानकारी दिनुभयो।

प्रमुख अतिथि उद्योग विभाग मधेश प्रदेश वीरगञ्जकी निमित्त महानिर्देशक रीमा साहले दक्ष जनशक्ति नै संस्थाको आधार भएको बताउनुभयो भने कार्यक्रमका सभापति तथा त्रिभुवन विश्वविद्यालय ऊर्जा अध्ययन केन्द्रका निर्देशक डा. श्रीराज शाक्यले तथ्यमा आधारित ऊर्जा तथ्यांकले मात्र प्रभावकारी नीति बन्ने भएकाले यो परियोजनाले करिडोरलाई नमुना हरित औद्योगिक करिडोर बनाउन सहयोग गर्ने बताउनुभयो।

CRT/N को नेतृत्वमा सञ्चालित यस परियोजनामा नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग परिसंघ , ऊर्जा अध्ययन केन्द्र  र AmbiGlo साझेदार छन्। परियोजनाले औद्योगिक विद्युतीकरण र स्वच्छ ऊर्जाको प्रयोगमार्फत नेपालको हरित अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3