Menu

रुमाथोलोजी एण्ड अर्थराइटिस सेन्टरको साइकल र्‍याली

News Feed |
October 12, 2026 0
Featured

दुखाइसँग हार होइन, रोगसँग संघर्ष गर्दै सपनाको यात्रालाई निरन्तरता दिने सन्देशसहित काठमाडौंमा विश्व बाथ रोग दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली आयोजना गरिएको छ।

रुमाथोलोजी एण्ड अर्थराइटिस सेन्टर, नक्सालको आयोजनामा सम्पन्न र्‍यालीले ‘ACHIEVE YOUR DREAM — आफ्नो सपना साकार गर्नुहोस्’ भन्ने नारामार्फत बाथ रोग हुँदैमा जीवनका सपना र लक्ष्य रोकिनु हुँदैन भन्ने सशक्त सन्देश दिएको छ।

नक्सालबाट सुरु भएको र्‍याली बालुवाटार, महाराजगञ्ज, लाजिम्पाट, जमल, रत्नपार्क, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर र न्युरोड हुँदै ऐतिहासिक बसन्तपुर पुगेको थियो। बसन्तपुरबाट विभिन्न स्थान हुँदै पुनः नक्साल फर्किएपछि र्‍याली समापन गरिएको थियो।

र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी साइकलयात्रीहरूलाई आयोजक संस्थाका अध्यक्ष तथा वरिष्ठ बाथ रोग विशेषज्ञ एवं क्लिनिकल इम्युनोलोजिस्ट डा. अरुण कुमार गुप्ताले मेडल, मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।

बाथ रोगका कारण जोर्नी दुख्ने, सुन्निने तथा शरीर चलाउन कठिनाइ हुने समस्या देखिन सक्ने भएकाले समयमै रोग पहिचान, विशेषज्ञ चिकित्सकको परामर्श र नियमित उपचार आवश्यक रहेको सन्देश कार्यक्रममार्फत दिइएको छ।

र्‍यालीले नियमित शारीरिक गतिविधि, स्वस्थ जीवनशैली र बाथ रोगसम्बन्धी जनचेतना अभिवृद्धिको महत्त्व उजागर गरेको छ। साथै, बाथ रोगसँग जुधिरहेका व्यक्तिहरूलाई आत्मविश्वासका साथ आफ्नो सपना र लक्ष्य पूरा गर्न अघि बढ्न प्रेरित गरेको छ।

‘दुखाइ छ भन्दैमा सपना रोकिँदैन, बाथ रोग छ भन्दैमा जीवन रोकिँदैन’ भन्ने सन्देशका साथ सम्पन्न र्‍यालीले बाथ रोगलाई जीवनको अन्त्य होइन, उचित उपचार र आत्मविश्वासका साथ सामना गर्नुपर्ने स्वास्थ्य चुनौतीका रूपमा बुझ्न आह्वान गरेको छ।

ACHIEVE YOUR DREAM! — आफ्नो सपना साकार गर्नुहोस्। बाथ रोगलाई होइन, आफ्नो सपनालाई जितौँ!

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3