Menu

विश्रामपुरमा देउवा पक्षको अधिवेशनबाट सभापतिमा उमेश साह चयन

News Feed |
October 06, 2026
Featured

बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं. ४ (ख) मा पर्ने विश्रामपुर गाउँपालिकामा शेरबहादुर देउवा पक्षको गाउँ अधिवेशनबाट उमेश कुमार साह सभापतिमा चयन भएका छन।

बरैनिया बजारमा सोमवार सम्पन्न अधिवेशनले साहको नेतृत्वमा गाउँ कार्यसमिति चयन गरेको हो। उपसभापतिमा योगेन्द्र पासवान र इस्लाम मियाँँ अन्सारी तथा सचिवमा परमदेश प्रसाद यादव र अशोक कुमार चयन भएका छन। सहसचिवको जिम्मेवारी कृष्ण प्रसाद यादव र शिवपुजन साहले पाएका छन।

गाउँ कार्यसमितिमा सबै वडाबाट एक–एक जना महिलासहित चार–चार जना सदस्य समेटिने जनाइएको छ। अधिवेशनका क्रममा स्थानीय तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने तथा आगामी राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको थियो।

क्षेत्रीय सभापति सुनिल प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सदस्य रवीकिरण साह, क्षेत्र नं. ३ का सचिव नागेन्द्र यादवलगायत नेता, स्थानीय जनप्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकको सहभागीता थियो।

यसैबीच, विश्रामपुर गाउँपालिकामा कांग्रेसको गगन कुमार थापा पक्षले यसअघि नै छुट्टै अधिवेशन सम्पन्न गरी नयाँ पालिका नेतृत्व चयन गरिसकेको छ।

यो पढेर कस्तो महसूस भयो?

स्थानीय-खबर $type=triple-post$count=9

देश $type=triple-post$count=3

AD

AD

हेडलाइन्स $type=triple-post$count=3

हेडलाइन्स $type=triple-post$count=3

हेडलाइन्स $type=triple-post$count=3