Menu

वीरगंज भन्सारमा पहुँचको धाक : ठगीको आरोपमा एकजना पक्राउ

News Feed |
October 15, 2026 0
Featured

वीरगंज , असोज २९ –

वीरगंज भन्सार कार्यालयबाट लिलाम हुने सामान तथा सवारीसाधन सस्तोमा उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौंमा डेरा गरी बस्दै आएका प्रवीण साह रहेका छन्। आफूलाई सशस्त्र प्रहरी बलको असई बताउँदै भन्सारका एजेन्टसँग राम्रो चिनजान रहेको दाबी गरेर उनले विभिन्न व्यक्तिसँग रकम लिने गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार ठगीसम्बन्धी गुनासो आएपछि प्रहरीले साहलाई गत २२ गते वीरगंजको घण्टाघर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहले ५० हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँ बराबरको चेक ठगी गरी लिएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले सरकारी कार्यालयमा पहुँच रहेको भन्दै रकम माग्ने बिचौलियाबाट सतर्क रहन र त्यस्ता गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3