Menu

औराहा पञ्चगावामा जितिया पर्वको अवसरमा दंगल कुस्ती सुरु

News Feed |
October 06, 2026
Featured

पर्सा , असोज २० –

सखुवा प्रसौनी गाउँपालिका–२ औराहा पञ्चगावामा जितिया पर्वको अवसरमा आयोजित दंगल कुस्ती प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष यशवन्त यादवले गरेका हुन्। प्रतियोगितामा नेपालका विभिन्न स्थान तथा भारतका विभिन्न क्षेत्रबाट आएका पहलवानहरूको सहभागिता रहेको छ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, स्थानीयवासी तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता हेर्न आसपासका क्षेत्रबाट उल्लेख्य दर्शकको उपस्थिति रहेको छ।

आयोजकका अनुसार परम्परागत रूपमा आयोजना हुँदै आएको कुस्ती प्रतियोगिताले स्थानीय कला, संस्कृति, मौलिक खेलकुद र जितिया पर्वको सांस्कृतिक महत्व संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

स्थानीय-खबर $type=triple-post$count=9

समाज $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3