Menu

‘कमेडी च्याम्पियन–४’ को टप ९ मा पुगेका शुभम सिंहलाई फेटा गाउँपालिकाद्वारा सम्मान

News Feed |
October 12, 2026 0
Featured

कलैया, २६ असोज –

हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको ‘कमेडी च्याम्पियन सिजन–४’ को उत्कृष्ट ९ मा पर्न सफल बाराको फेटा गाउँपालिका–७ निवासी शुभम सिंहलाई गाउँपालिकाले सम्मान गरेको छ।

राजेश कुमार सिंहका छोरा शुभमलाई गाउँपालिकाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएको भन्दै सम्मानपत्रसहित प्रोत्साहन प्रदान गरिएको हो।

गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष रुस्तम अंसारी र उपाध्यक्ष निलम साहले शुभमलाई सम्मान गरेका थिए।

कार्यक्रममा अध्यक्ष अंसारीले शुभमको सफलताले गाउँपालिकालाई गौरवान्वित बनाएको उल्लेख गर्दै प्रतियोगिताको आगामी चरणमा उपाधि जित्न स्थानीय तह र बासिन्दाका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3