Menu

हिरासतमा लिइएका सीजेपीका तीन नेता रिहा

News Feed |
October 11, 2026 0
Featured

नयाँ दिल्ली, असोज २५ –

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रस्तावित प्रदर्शनका क्रममा हिरासतमा लिइएका कक्रोच जनता पार्टी (सीजेपी) का तीन नेता रिहा भएका छन्।

रिहा हुनेमा अभिजीत दीपके, आशुतोष रांका र सौरभ दास रहेका छन्। उनीहरूलाई करिब २४ घण्टा हिरासतमा राखेपछि आइतबार बिहान ९ बजे कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराइएको थियो। कानुनी प्रक्रिया पूरा भएपछि उनीहरू रिहा भएका हुन्।

दिल्ली प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार तीनै जनालाई अक्टोबर १० मा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १२६ र १७० अन्तर्गत शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले निवारक हिरासतमा लिइएको थियो।

प्रहरीका अनुसार उनीहरूलाई अक्टोबर ११ मा दिल्ली क्यान्टस्थित विशेष कार्यकारी मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो। शान्ति र सद्व्यवहार कायम राख्ने सर्तमा एक वर्षका लागि ५० हजार भारतीय रुपैयाँको जमानत बन्ड भराएपछि अदालतले उनीहरूलाई रिहा गरेको हो।

यसअघि सीजेपीले आफ्ना नेताहरूलाई लामो समयसम्म हिरासतमा राखिएको भन्दै उनीहरूको अवस्था र रिहाइबारे प्रश्न उठाएको थियो। पार्टीले तीनै जनालाई तत्काल रिहा गर्न मागसमेत गरेको थियो।

सीजेपीले निर्वाचन नामावलीमा कथित अनियमितता भएको र ठूलो सङ्ख्यामा मतदाताको नाम हटाइएको आरोप लगाउँदै प्रदर्शनको तयारी गरेको थियो। पार्टीले उक्त विषयमा छानबिन, जवाफदेहिता र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आएको छ। मतदाता नामावलीमा अनियमितता भएको भन्ने आरोप स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3