Menu

अख्तियारको उजुरी मिलाउन पौने दुई खर्च !

News Feed |
October 08, 2026 0
Featured

रौतहट । दुर्गा भगवती गाउँँपालिका–१ गंगा पिपराका वडा सचिव तथा गाउँपालिकाका जिन्सी प्रमुख राजेश कुमार दाससँग सम्बन्धीत भनिएको एक अडियो सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडियोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई मिलाउन तथा तामेलीमा राख्न १ लाख ७५ हजार रुपियाँँ खर्च गरिएको दाबी गरिएको सुनिनछ। यद्यपि, अडियोमा सुनिएको भनिएको रकम वास्तवमै कसरी र कसलाई दिइएको हो भन्ने विषयमा स्वतन्त्र पुष्टि भएको छैन।

जानकारीअनुसार स्थानीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवीन सिंहले वडा सचिव दासविरूद्ध भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँँदै अख्तियारमा उजुरी दिएका थिए। सोही उजुरीलाई प्रभावमा पार्न आर्थिक चलखेल भएको दाबी गरिएको अडियो सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको हो।

अडियोमा उल्लेख भएका दाबी तथा त्यसमा जोडिएका व्यक्तिहरूको भूमिका भने सम्बन्धीत निकायबाट पुष्टि हुन बाँकी छ। सार्वजनिक भएको अडियो वास्तविक हो वा सम्पादितरपरिवर्तित हो भन्ने विषयमा समेत आधिकारिक परीक्षण भएको छैन।

घटनावारे वडा सचिव राजेश कुमार दास, खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवीन सिंह तथा सम्बन्धीत अन्य पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ।

अख्तियारमा परेको उजुरी मिलाउन आर्थिक लेनदेन भएको दाबी पुष्टि भएमा यो विषय गम्भीर भ्रष्टाचार तथा अनियमिततासँग जोडिने भएकाले सम्बन्धीत निकायबाट निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

तर आरोप वा अडियोमा सुनिएको दाबी मात्रका आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने भएकाले अडियोको सत्यता, रकमको वास्तविक कारोवार र उजुरीसँगको सम्बन्धवारे आधिकारिक अनुसन्धानबाट तथ्य स्पष्ट हुनुपर्ने देखिन्छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3