Menu

रोहितको ऐतिहासिक शतकमा नेपालले क्यानडालाई हरायो

News Feed |
October 12, 2026 0
Featured

पर्सा असोज २६ –

रोहितकुमार पौडेलको शतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले पराजित गरेको छ।

ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो।

नेपालका लागि रोहितले १२५ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए। योसँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। गुल्सन झाले ४८ र बसिर अहमदले ३० रन जोडे।

क्यानडाका आरोन जोहनसनले ४४ र समित गोहेलले ३५ रन बनाए। नेपालका सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए।

जितसँगै नेपालले ३३ खेलबाट २६ अंक जोड्दै लिग–२ को तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। २५ अंक रहेको क्यानडा सातौँ स्थानमा झरेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3