Menu

घर सफाई गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

aadarshvani |
October 10, 2026 0
Featured

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१४ बेहरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।


बारा, असोज २४ गते । आफ्नै घर पछाडि सरसफाइ गर्ने क्रममा नाङ्गो तार छुँदा स्थानीय रामचन्द्र महतोकी श्रीमती ४५ वर्षीया सिरिया देवी महतोको आज मृत्यु भएको हो।

बारा प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ः५० बजे सरसफाइ गर्ने क्रममा अचानक नाङ्गो तारमा छुन पुगेपछि उहाँलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएकी सिरियालाई उहाँका श्रीमान् रामचन्द्रले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पतालमा पुर्याएपछी चिकित्सकले दिउँसो २ बजे सिरियालाई मृत घोषणा गरेका थिए।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । 

मृतकको शव अहिले सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विमल खतिवडाले जानकारी दिनुभयो ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3