Menu

क्यान सदस्य बनेको एक महिनामै गुञ्जन शाह ठकुरी फिर्ता

News Feed |
October 15, 2026
Featured

पर्सा ,असोज २९ –

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई मनोनयन गरेको एक महिनामै फिर्ता बोलाएको छ।

राखेपले बुधबार सदस्य सचिवस्तरीय निर्णय गर्दै गुञ्जनसहित पाँच खेल संघका प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको हो। गुञ्जनलाई गत असोज १ गते क्यानको सदस्यमा मनोनयन गरिएको थियो।

नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २, दफा ३ को उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्य मनोनयन गर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार गुञ्जन क्यान सदस्यमा मनोनीत भएका थिए।

राखेपले नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल सुटिङ संघका कृष्णहरि सेजु, ब्याडमिन्टन संघका शम्भु कार्की र साइकलिङ महासंघका गणेशप्रसाद मैनालीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3