Menu

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

News Feed |
October 15, 2026
Featured

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जानकारी दिए ।

‘हुम्लाको सिमकोटका बालबालिकालाई वनबासास्थित एसएसबीको चेकपोस्टले नेपाल फर्काएको छ’, उनले भने, ‘ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन् थप बुझ्ने काम भइरहेको छ ।’

हुम्लाको सिमकोट गाउँपालिका-८ का बालबालिकालाई पञ्चविर बुढाले भारत लैजाँदै गरेका थिए । कञ्चनपुर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3