Menu

वीरगंजका परम्परागत दसैँ मेलामा घट्दै नवपुस्ताको आकर्षण

News Feed |
October 15, 2026
Featured

वीरगंज , असोज २९ –

वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा दसैँका अवसरमा लाग्ने परम्परागत मेलामा नयाँ पुस्ताको आकर्षण घट्दै गएको छ। मोबाइल र डिजिटल मनोरञ्जनको बढ्दो प्रयोगसँगै पुराना मेलाको मौलिकता र निरन्तरतामाथि चुनौती थपिएको छ।

वीरगंजमा गहवामाई, बिर्तामाई, बौधीमाई र विन्ध्यवासिनीमाई मन्दिरमा दसैँ मेला लाग्ने परम्परा छ। गहवामाई र बिर्तामाईमा घटस्थापनादेखि नवमीसम्म मेला लाग्छ भने बौधीमाई र विन्ध्यवासिनीमाईमा मुख्य रूपमा नवमीका दिन मेला लाग्ने गरेको छ। यी मेलाले करिब छ दशकदेखि धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।

यस वर्ष बीपी उद्यानस्थित रातो बङ्गला क्षेत्र, गीतामन्दिरनजिकको तरकारी तथा फलफूल बजार क्षेत्र र शङ्खधर साख्वा पार्कमा समेत दसैँ मेला सञ्चालन गरिएको छ। तीमध्ये शङ्खधर साख्वा पार्कमा दर्शकको उपस्थिति तुलनात्मक रूपमा उत्साहजनक देखिएको छ भने अन्य दुई स्थानमा अपेक्षाकृत कम उपस्थिति रहेको जनाइएको छ।

परम्परागत मेला धार्मिक आस्था, स्थानीय संस्कृति र सामाजिक सम्बन्धसँग जोडिएका छन्। यस्ता मेलाको संरक्षण गर्दै नयाँ पुस्ताको रुचिअनुसार आकर्षण थप्न सकेमा वीरगंजको सांस्कृतिक पहिचान जोगाउन सहयोग पुग्ने देखिन्छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3