Menu

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्यो

News Feed |
October 16, 2026
Featured

पर्सा असोज ३० –

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै हालकै मूल्य कायम राखिएको निगमले जनाएको छ।

निगमका अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ छ। त्यस्तै, सुर्खेत र दाङमा १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगंज क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत् राखिएको निगमले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3